logo-img

सञ्जय भण्डारीलाई पठाइयो ‘गोलघर’
फाइल फाेटाे

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौंको तीनकुने गैरीगाउँमा सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीलाई ‘गोलघर’मा पठाइएको छ । अन्य कैदीबन्दीको सुरक्षाका लागि भन्दै उनलाई जेलभित्रको जेल अर्थात् गोलघरमा राखिएको हो ।

एक महिनाअघि तीनकुनेमा चारजनाको सामूहिक हत्या गर्ने भण्डारीलाई केन्द्रीय कार्यालयको गोलघरमा राखिएको छ । यहाँ राखिएका कैदीबन्दीले अन्यसँग भेटघाट गर्न पाउँदैनन् । 

जेलभित्रै पनि उनले कुनै अपराध गर्न सक्ने आशंकामा गोलघरभित्र राखिएको बताइएको छ । 

गत २९ भदौमा भण्डारीले तीनकुनेस्थित दिव्य सः काठमिलमा नवीन राई, पूर्णबहादुर भुजेल, सुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या गरेका थिए।  उनले बयानका क्रममा अरू व्यक्तिको पनि हत्या गरेको बताएपछि त्यसमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान हुने काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए ।  







  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया