logo-img

बिपीका विचार समाप्त हुने डर बढ्यो  : शशांक कोइराला
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र रहेको इतिहास र विचारका कारण कांग्रेस अरू पार्टीभन्दा बलियो रहेको बताएका छन् । नेपाली कांग्रेस र नेविसंघ लमजुङ–काठमाडौं सम्पर्क समितिले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा आज आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले पछिल्लो समय कांग्रेसभित्र बिपीको विचार समाप्त हुने डर रहेको बताए । 

उनले भने, ‘बिपीको विचारमा उभिएर पार्टी अगाडि बढेकाले आपसी एकताका साथ बिपीको विचार अङ्गालेमा काङ्ग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन ।’ उनले बिपी कोइरालाको पहिलो सरकारको पालामा नेपालमा विकासको ढोका खुलेको स्मरण गर्दै देशमा भएको सम्भावनालाई उच्चतम प्रयोग गरी विकास र समृद्धिका लागि पार्टीका नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए । 
 





  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया