एमाले मुठभेडको राजनीति विकास गर्न तयार भएर बसेको छ : सभापति बानियाँ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका बागमती प्रदेशका सभापति इन्द्र बानियाँले प्रमुख प्रतिपक्ष नेकपा एमाले मुठभेडको राजनीति विकास गर्न तयार भएर बसेको आरोप लगाएका छन् । 

शनिबार ललितपुरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले कोशी प्रदेशमा नेपाली कांग्रेसभित्र खेल्ने काम भए तापनि कांग्रेसले नेतृत्व पाएको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमाले मुठभेडको राजनीति विकास गर्न तयार भएर बसेको आरोप लगाएका हुन् । 

उनले भने, ‘राजनीतिलाई द्वन्द्वमा मुठभेडको राजनीति विकास गर्न प्रतिपक्ष दल तयार भएको छ । राजनीतिमा कोशी प्रदेशमा नेपाली कांग्रेसभित्र खेल्ने काम भयो, तर हाम्रो नेताको परिपक्वताले आज नेपाली कांग्रेसले नेतृत्व पाएको छ, गठबन्धनको सहमतिमा ।’

उनले विभिन्न शक्तिहरू कांग्रेसको एकता भंग गर्ने काममा लागेको दाबी गरे । अहिलेको राजनीतिमा एउटा पार्टीमा टिकट नपाए अर्को पार्टीलाई सघाउन जाने प्रवृत्ति विकास भएको भन्दै नेताहरूमा धैर्यता कम हुँदै गएको टिप्पणी गरे । 





  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार १६:४९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया