logo-img

गुप्तांगमा लुकाएर लागुऔषध ल्याउने युवती पक्राउ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

धनगढीमा गुप्तांगमा लुकाएर लागुऔषध खैरो हिरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागुऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीकी २० वर्षकी अनुस्का सिंह ठकुरीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले ठकुरीले लुकाएको लागुऔषध निकालेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार १८:३१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया