मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपअन्तर्गत बहराइनविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपाललाई दोस्रो सफलता स्पिनर दीपेश कँडेलले दिलाए । उनले ७.२ ओभरमा आयन ओबेद सैयदलाई तीन रनमा बोल्ड गरे ।
त्यसअघि दीपेशले चौथो ओभरको अन्तिम बलमा कप्तान ऋषभ रमेशलाई ६ रनमा एल्बीडब्लू आउट गरे । नेपालले आज टस हारेर पहिला बलिङ गरिरहेको हो । नेपाल लगातार दोस्रो जितको खोजीमा छ ।
नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको थियो । बहराइन पहिलो जितको खोजीमा छ । ऊ पहिलो खेलमा साउदी अरेबियाविरुद्ध पराजित भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।