logo-img

सरकार परिर्वतनभन्दा अर्थतन्त्र परिवर्तन ठूलो कुरा हो : पूर्वअर्थमन्त्री पाण्डे

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले, अहिले सरकार परिवर्तन कुनै ठूलो कुरा नभएको बताएका छन् । आइतबार त्रिपुरासुन्दरी गाउँपालिका धादिङ काठमाडौं सम्पर्क मञ्चको, दोस्रो अधिवेशनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकार परिर्वतन गर्नुभन्दा धेरै गुणा गाह्रो अर्थतन्त्र परिवर्तन गर्नु भएको बताए ।

‘सरकार परिवर्तन गर्नुभन्दा धेरै गुणा गाह्रो अर्थतन्त्र परिवर्तन गर्नु छ । त्यो गाह्रो कुरा एक रातमै पाउँछौँ कि के हो भनेर सोच्छौँ, त्यो हुँदैन,’ उनले भने, ‘हामीसँग समस्या छ, जहाँ छ त्यसलाई त्यही स्थानमा बसेर समाधान खोज्नुपर्छ । जनतासँगको छलफलमा त्यसलाई लिएर जानु हुँदैन, त्यसो भयो भने समस्यालाई समाधानभन्दा बिगार्ने काम गर्छ ।’ 

देशमा कानुनीराज नभएकाले समस्या उत्पन्न भएको भन्दै उनले दलहरुले घोषणापत्रअनुसारको काम नगर्दा समस्या भएको बताए । 

नयाँ पार्टीमा समेत देश बनाउने भिजन नभएको बताउँदै उनले भने, ‘रास्वपा भन्ने पार्टी छ, केही भिजन छ उनीहरुसँग ? पुराना पार्टीले काम गरेन भन्नेबाहेक पाँचवटा देश विकास गर्ने काम के हो ? भनेर सोध्नुभयो भने भन्न सक्छन् ?’

उनीहरुको घोषणापत्रमा लेखिएको संवैधानिक समाजवादको व्याख्या हुनुपर्ने उनले बताए । ‘हाम्रो देश कानुनको राज नभएर बिग्रिएको हो । कानुनको राजबाट जाने हो भने केही समय गाह्रो हुन्छ ।’

विश्व परिस्थितिलाई ध्यानमा राखेर, नयाँ नेपाल निर्माणको योजना बनाउनु पर्ने बताउँदै उनले त्यसको नेतृत्व एमालेले गर्नुपर्ने बताए । ‘हामीले हाम्रो देशको परिवेश, परिस्थिति र विश्वको परिस्थितिलाई ध्यानमा राखेर नेपाल निमार्णको मोडलमा जानुपर्छ । केही समय लागे पनि हामी गर्न सक्छौँ, त्यही विश्वास लिएर हामी अगाडि बढौँ ।’





  • प्रकाशित मिति : असोज २८, २०८० आइतबार २२:४८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया