logo-img

गगन-विश्वले देउवालाई भने : कोशी घटनाको मुख्य जिम्मेवार तपाईं हाे
चिर्कटोमा भएको सहमतिप्रति पनि आपत्ति

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार सभापति देउवाले कोशी घटनाको विषयमा छलफल गर्न महामन्त्री थापा र शर्मालाई आफ्नो निवासमा बोलाएका थिए । 

सो भेटमा उनीहरूले कोशी प्रदेश सरकार गठनको घटनाको मुख्य जिम्मेवारी देउवा स्वयंले लिनुपर्ने बताएका हुन् । भेटपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री शर्माले कोशीमा यो परिस्थिति देखापर्नुमा सबैभन्दा ठूलो कमजोरी सभापतिबाटै भएको आफूहरुले बताएको जानकारी दिए । 

कांग्रेस सभापति देउवाले कोशी प्रदेशमा माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीका लागि सहमति दिएपछि शेखर पक्षका आठ र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

कार्की मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । उनले आफूलाई समर्थन गर्नेमध्येबाट एमाले र कांग्रेसका एकएकजना मन्त्री बनाइसकेका छन् । उनले कात्तिक १ गते विश्वासको मत लिने तयारी गरेका छन् । 

सभापतिसँगको भेटमा महामन्त्रीद्वयले प्रधानमन्त्री प्रचण्ड, देउवा र शेखर कोइरालाबीच चिर्कटोमा भएको सहमतिप्रति पनि आपत्ति जनाएका छन् । 

देउवासँगको छलफलपछि बाहिरिने क्रममा महामन्त्री शर्माले तीन नेताहरुबीच भएको चिर्कटोप्रति दुई महामन्त्रीको सहमति नभएको बताए ।





  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया