logo-img

बडादसैँका अवसरमा दुग्धजन्य पदार्थमा सहुलियत

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आसन्न बडादसैँ, तिहार र छठ पर्व लक्षित छुट व्यवस्थासहित बजार अनुगमन कार्यक्रम कार्ययोजना सार्वजनिक गरेको छ । 

मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कृषिमन्त्री डा. बेदुराम भुसालले आसन्न राष्ट्रिय पर्वहरूका अवसरमा आमउपभोक्तालाई राहत पुगोस् भनी दुग्ध विकास संस्थानबाट उत्पादित दुग्धजन्य सामग्रीको मूल्यमा केही छुट दिने व्यवस्था गरिएको जानकारी दिए । 

संस्थानबाट उत्पादित दूधमा दुई छुटसहित प्रतिलिटर ९५ रुपैयाँ, दहीमा २० छुटसहित प्रतिलिटर एक सय ७० रुपैयाँ, पनिर आधा केजीमा ५० छुटसहित ४५० रुपैयाँ तथा नौनी र घ्युमा प्रतिकेजी सय छुटसहित क्रमशः एक हजार र एक हजार एक सय रुपैयाँका दरले चाडपर्व लक्षित मूल्य कायम गरिएको छ ।  

यसैगरी मन्त्रालयले चाडपर्व लक्षित पशुपंक्षी तथा पशुजन्य बजार, खाद्य तथा दाना पदार्थसँग सम्बद्ध बजार र मासुजन्य चौपायाको बजार अनुगमन तथा प्राविधिक परीक्षण गरिरहेको स्पष्ट गरेको छ । सो अवसरमा मन्त्री डा. भुसालले मुलुकभरका दुग्ध किसानले पाउनुपर्ने रकम एक महिनाभित्र भुक्तानी दिन दुग्धजन्य कारोबारमा संलग्न सबै संस्था एवं व्यवसायीलाई कडाइका साथ निर्देशन दिइसकेको जानकारी दिए । 

स्वदेशी कृषकमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिई राहत, सहुलियत र अनुगमनका पक्षमा समग्र राज्य संयन्त्र क्रियाशील भइरहेको स्पष्ट गरे । 





  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया