logo-img

नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश, लाओसविरुद्ध १–० को जित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

विश्वकप फुटबलको छनोट खेलमा नेपालले लाओसविरुद्ध जित निकालेको छ। २०२६ मा हुने विश्वकप फुटबल छनोटमा नेपालले १–० को नतिजा निकालेको हो । 

लाओसको न्यु लाओस इन्टरनेसनल स्टेडियममा भएको खेलमा ५३औँ मिनेटमा गर्दै मनिष डाँगीले गोल गर्दै नेपाललाई जित निकालेका हुन्।

डाँगीले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरे। खेलमा दुवै टोलीबाट केही गोलका अवसर सिर्जना भए पनि फिनिसिङ भएनन्।

नेपाल र लाओसबीच बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो।

नेपालले अब समूह ‘एच’मा रहेर युएई, बहराइन र यमनसँग दोस्रो चरणको खेल खेल्नेछ।
 





  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया