logo-img

निर्वाचन भन्दा अगाडिको गठबन्धन सैद्धान्तिक हिसाबले गलत : गगन थापा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन भन्दा अगाडिको गठबन्धन सैद्धान्तिक हिसाबले गलत भएको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन भन्दा अगाडि गर्ने गठबन्धनले लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउने हुँदा निर्वाचन भन्दा अगाडिको गठबन्धन सैद्धान्तिक हिसाबले गलत रहेको बताएका हुन् ।

उनले भने,‘नेपालमा लोकतन्त्रको जुन ठाउँमा छौँ निर्वाचनको जुन अभ्यासमा छौँ । यो सबै ठाउँमा बसेर हेर्दा निर्वाचन भन्दा अगाडि गर्ने गठबन्धनले हाम्रो लोकतान्त्रिक संस्कृतिलाई यति विकृत बनाउँछ जसको कारणले गर्दा हाम्रो लोकतन्त्रले जुन चरित्र र शिषेता बोक्नुपर्ने हो, त्यो सक्दैन । त्यसैले निर्वाचन भन्दा अगाडिको गठबन्धन रणनीतिको हिसाबले फाइदा होला तर सैद्धान्तिक हिसाबले गलत छ । जुन कुरा सैद्धान्तिक हिसाबले गलत छ । त्यसलाई कुनै रणनीति बनाएर देशको सेवा गर्न मिल्दैन ।’

उनले पछिल्लो समयमा विश्व भरी नै प्रजातन्त्रमा पपुलिजमको एकदमै ठूलो चुनौती रहेको टिप्पणी गरे । पपुलिजम रोग जस्तै सल्किँदै आउने भएकाले यसले सबै क्षेत्रमा गाँजेको उनको भनाई छ । 

उनले भने, ‘पछिल्लो समयमा नेपालमा मात्र नभएर विश्व भरी नै प्रजातन्त्रको एकदमै ठूलो चुनौती भनेको नै पपुलिजमको चुनौती रहेको छ । यो पपुलिजम एउटै आकार र स्वरूपमा आउँदैन । यो पनि एउटा रोग जस्तै सल्किँदै आउने हो । यसले मिडियालाई पनि गाँजेको हुन्छ, समाजलाई र हाम्रो संस्थालाई पनि गाँजेको हुन्छ ।’ 

उनले प्रेसलाई पपुलिजमको रोगबाट नेपालको लोकतन्त्रलाई जोगाउन आग्रह गरे । 





  • प्रकाशित मिति : कात्तिक २, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया