logo-img

फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवस मान्दैनाैँ : गगन थापा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवस नमान्ने बताएका छन्। नेकपा (माओवादी)ले सशस्त्र द्वन्द्व सुरु गरेको दिन फागुन १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सार्वजनिक बिदा दिने  निर्णय गरेको थियो। 

२०७९ माघ २९ मा भएकाे साे निर्णय मान्न कांग्रेस बाध्य नहुने महामन्त्री थापाले बताए । आफ्नो पार्टी सामेल नभएको त्यतिवेलाको सरकारले दिएको सार्वजनिक बिदालाई नमान्ने उनकाे तर्क छ ।

'हामी अघिल्लो सरकारमा थिएनौं। यो सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भन्यो भने कांग्रेसले हामी गठबन्धनमा छौँ, यसलाई मान्छौं भनेर स्वीकार गर्न सक्छ ? सक्दैन,' महामन्त्री थापाले भने, 'हाम्रा लागि त्यो सैद्धान्तिक विषय हुन्छ। हामी फागुन १ लाई दिवसको रूपमा मान्दैनौँ।'

द्वन्द्वपीडितले फागुन १ मा बिदा दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । साे  रिट विचाराधीन छ।





  • प्रकाशित मिति : कात्तिक २, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया