logo-img

बंगलादेशविरुद्ध भारतको सानदार जित, विराट कोहलीको उत्कृष्ट शतक

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

१३औँ संस्करणको आइसिसी एकदिवसीय विश्वकपमा भारतले लगातार चौथो जित निकालेको छ । चौथो जित निकाल्नेक्रममा भारतले बिहीबार बंगलादेशलाई ७ विकेटले हरायो ।

भारतका लागि विराट कोहलीले शतक बनाए । उनले ९७ बलमा ६ चौका र ४ छक्कासहित अविजित १०३ रनकाे पारी खेले । यस्तै, शुभमन गिलले ५३, कप्तान रोहित शर्माले ४८, केएल राहुलले अविजित ३४ र श्रेयस अय्यरले १९ रनको योगदान दिए ।

बंगलादेशका लागि मेहदी हसन मिराजले दुई र हसन मुहमदले एक विकेट लिए । त्यसअघि पुणेमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ५६ रन बनायो । उसका लागि लिटन दासले ६६, तान्जिद हसनले ५५, महमुदुल्लाहले ४६, मुश्फिकुर रहीमले ३८, तौहिद हृदयले १६ र नसुम अहमदले १४ रन बनाए ।

भारतका लागि बलिङमा जसप्रित बुमराह, मोहम्मद सिराज, रवीन्द्र जडेजाले दुई/दुई, शार्दुल ठाकु र कुलदीप यादवले एक/एक विकेट लिए । 

यो जितपछि पनि भारत अंक तालिकाको शीर्ष स्थानमा भने उक्लिन सकेन । उसले चार खेलबाट ८ अंक जोडेको छ । नेट रन रेट राम्रो हुँदा न्यूजिल्याण्ड शीर्ष स्थानमा छ ।

सातौँ स्थानमा रहेका बंगलादेशको ४ खेलबाट २ अंक रहेको छ ।  





  • प्रकाशित मिति : कात्तिक २, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया