logo-img

विश्वकपमा अस्ट्रेलियाको दोस्रो जित, पाकिस्तानलाई ६२ रनले हरायो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतमा जारी १३औँ संस्करणको आइसिसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्नेक्रममा उसले शुक्रबार पाकिस्तानलाई ६२ रनले हरायो ।

पकिस्तानले भने लगातार दोस्रो हार बेहोरेको छ । आफ्नो चौथो खेलमा अस्ट्रेलियाले दिएको ३ सय ६८ रनको लक्ष्य पछ्याउनेक्रममा पाकिस्तान ४५.३ रनमा अलआउट भयो ।

उसका लागि इमामउल हकले ७०, अब्दुल्लाह सफिकले ६४, मोहम्मद रिजवानलले ४६, साउद शकीलले ३०, इफ्तिखार अहमदले २६, कप्तान बाबर आजमले १८, मोहम्मद नवाजले १४ र शाहिन साह अफ्रिदीले १० रन बनाए । 

अस्ट्रेलियाका लागि एडम जाम्पाले चार, मार्कस स्टोइनिस, प्याट कमिन्सले दुई/दुई, मिचेल स्टार्क र जोस हेजलउडले एक/एक विकेट लिए ।  त्यसअघि बैंग्लोरको एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ६७ रन बनायो । 



उसका लागि ओपनिङ ब्याटरद्वय डेविड वार्नर र मिचेल मार्शले शतकीय पारी खेले । वार्नरले १२४ बलमा १४ चौका र ९ छक्कासहित १६३ रन बनाए । एकदिवसीयमा वार्नरको यो २१औँ शतक हो । योसँगै उनी जारी विश्वकपको एक खेलमा उच्च स्कोर बनाउने ब्याटर पनि बनेका छन् ।   

यस्तै, पाकिस्तानविरुद्ध अर्का ओपनर मार्शले १०८ बलमा ९ छक्का र १० चौकाको सहयोगमा १२१ रन बनाए । एकदिवसीय करियरमा उनको यो दोस्रो शतक हो ।



मार्श र वार्नरबीच पहिलो विकेटका लागि २०३ बलमा २५९ रनको साझेदारी बन्यो ।

 त्यस्तै, मार्कस स्टोइनिस २१ र जोस इंग्लिस १३ रनमा आउट भए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले १० ओभरमा ५४ रन दिएर ५ विकेट लिए । 

यस्तै, हरिस रौफले तीन र उस्मा मिरले एक विकेट हात पारे । यो जितसँगै अस्ट्रेलिया अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार बेहोरेको पाकिस्तान भने पाँचौं स्थानमा खस्किएको छ । शीर्ष स्थानमा न्यूजिल्याण्ड कायमै छ ।

  • प्रकाशित मिति : कात्तिक ३, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया