logo-img

राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
फाइल फाेटाे

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयादशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । 

आज शनिबार फूलपातीका दिन शुभकामना सन्देश जारी गर्दै उनले नेपाली विशिष्टता र मौलिकताको सम्वर्धन एवं विकास गरेर ज्ञानविज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्ने भन्दै यसको जगेर्ना गर्दै राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् । 

विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ । यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत तुल्याई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो । 

मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र रहेका रूढीवाद, अन्धविश्वासलाई समयानुकूल परिवर्तन गर्न प्रतिबद्ध रहेको पनि बताए । 

लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरू पूरा गर्नुपर्ने ठूलो चुनौती भएको भन्दै देशलाई समृद्धितर्फ लैजान सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी भएको बताए ।

सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको भन्दै सरकारको यो प्रयासमा सम्पूर्ण जनताको ऐक्यवद्धता महत्वपूर्ण भएको बताए ।





  • प्रकाशित मिति : कात्तिक ४, २०८० शनिबार ९:१९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया