logo-img

विश्वकपमा पाकिस्तानलाई स्तब्ध पार्ने दाउमा अफगानिस्तान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतमा जारी १३औँ संस्करणको आइसिसी एकदिवसीय विश्वकपमा आज पाकिस्तान र अफगानिस्तान खेल्दै छन् । यी दुई टिमबीचको खेल दिउँसो २ः१५ देखि चेन्नईमा हुनेछ । 

पाकिस्तान उत्कृष्ट कमब्याक गर्न चाहन्छ । उसले सुरुवाती दुई खेलमा जित निकाले पनि पछिल्लो दुई म्याचमा लगातार हार बेहोरेको छ । पाकिस्तान आज अफगानिस्तान जित निकाल्दै लयमा फर्किने कोसिसमा हुनेछ ।

अफगानिस्तान पनि पाकिस्तानविरुद्ध जित निकाल्ने दाउमा छ । उसले जारी प्रतियोगितामा चार खेल खेल्दा तीनमा हार तथा एक खेलमा मात्र जित निकालेको छ । 

हालसम्म पाकिस्तान र अफगानिस्तानले सात एकदिवसीय खेलमा एकअर्काको सामना गरेका छन् । जसमा सबै खेल पाकिस्तानले जितेको विगत छ । आज पनि ऊ अफगानिस्तानविरुद्ध जित यात्रा कायमै राख्ने योजनामा छ । 

अफगानिस्तान पाकिस्तानविरुद्ध अप्रत्याशित जित निकाल्ने रणनीतिमा छ । गत संस्करण विजेता इंग्ल्याण्डलाई हराइसकेकाले अफगानिस्तान टिममा आत्मविश्वास बढेको छ । 





  • प्रकाशित मिति : कात्तिक ६, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया