logo-img

बद्री केसीले शपथग्रहण गर्नुले धाँधली भएको पुष्टि : एनआरएनए अध्यक्ष शर्मा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनबाट असन्तुष्ट भइ नयाँ कार्यसमिति गठन गरेको राजकुमार शर्मा नेतृत्वको असन्तुष्ट पक्षले पदभार ग्रहण गरेको छ । सोमबार काठमाडौंको बालुवाटारस्थित एनआरएनएको कार्यलयमा गइ पदाधिकारीले एक अर्कालाई बधाई र खादा लगाइदिँदै काममा लागेका हुन् ।

काममा लागेको घोषणा गर्दै अध्यक्ष शर्माले विगत केही वर्षदेखि आफ्नै कब्जामा मात्रै राख्ने र दुराशयपूर्ण ढंगले अघि बढाउने कार्य अहिले प्रमाणित भएको बताए । उनले आफूहरूसँग सहमति भएको १२ घण्टा नबित्दै निर्वाचित अध्यक्ष बद्री केसीले शपथग्रहण गर्नुले धाँधली भएको पुष्टि भएको बताए ।  

उनले रि भोटिङ गर्ने भए अझै आफू तयार रहेको बताए । शर्माले संस्थाले केही गुट र सीमित व्यक्तिको हितमा कम गर्नु नहुने बताए ।

‘विगत केही वर्षदेखि आफ्नै कब्जामा मात्रै राख्ने र दुराशयपूर्ण ढंगले अघि बढाउने जस्तो शंका थियो, त्यो शंका अहिलेको महाधिवेशनमा भेरोबाट भोटिङ गर्दा प्रमाणित भएको छ । हामीसँग सम्झौता भएको १२ घण्टा नबित्दै शपथ खानुभयो । बद्री केसीज्यूलाई अझै भन्छु, रि भोटिङ गरौँ,’ अध्यक्ष शर्माले भने, ‘म जहिले पनि तयार छु होइन भने दम्भले अड्काएर राख्नु हुँदैन । संस्थाले केही गुट र सीमित मानिसको हितमा काम गर्ने होइन, साझा हित हुने गरी काम गर्नुपर्छ, गैरआवासीयको हितमा काम गर्नुपर्छ । यो विद्रोह संस्था बचाउनका लागि हो ।’  

उनले आफूहरूको विद्रोह संस्था बचाउनको लागि भएको बताए । 





  • प्रकाशित मिति : कात्तिक ६, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया