एजेन्सी— केही वर्षअघिसम्म बलिउडकी अभिनेत्री मात्र भनेर चिनिने प्रियंका चोपडाको अहिले पहिचान फराकिलो भएको छ । केही समयअघि मात्र निक जोनससँग विवाह गरेकी प्रियंका अहिले विश्वभरका संचारमाध्यममा छाउन थालेकी छिन् । अहिले अमेरिकामा बसोबास गरिरहेकी प्रियंकाले अमेरिकामा अर्को उपलब्धि हासिल गरेकी छिन् । उनलाई युएस टुडे पत्रिकाले मनोरन्जनको क्षेत्रमा ५० शक्तिशाली महिलाको सुचीमा समावेश गरेको छ । सुचीमा ओपरा विन्फ्रे, मेरिल स्ट्रिपलगायत अन्य कलाकारहरु पनि छन् । सुचीमा गायिका बियोन्से, ओस्कार विजेता जेनिफर लरेन्सलगायत पनि छन् ।
‘म यी अद्भुत महिलाको साथ यो सुचीमा रहन पाउनु सौभाग्य हो,’ यो सुची सार्वजनिक भएपछि प्रियंकाले भनेकी छिन्, ‘यो एउटा ठूलो उपलब्धि हो ।’ प्रियंकाले बलिउडका साथसाथै हलिउडमा पनि अहिले काम गरिरहेकी छिन् । अमेरिकी ड्रामा सिरिज क्वान्टिकोमा गरेको अभिनयका कारण प्रियंकाले संसारभर नाम कमाएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।