logo-img

राष्ट्रियसभाका अध्यक्षद्वारा दसैँको शुभकामना

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विजयादशमी २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, दीर्घायु र सु-स्वास्थ्यका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

विजया दशमीका आवरमा आज शुभकामना सन्देश जारी गर्दै उनले समाजलाई सभ्य, शान्तिपूर्ण, मावनतापूर्ण, समतापूर्ण, सुसंस्कृति र शिक्षित समाजका रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनले जनतामा पलायको समृद्धिको सपना पूरा गर्न हामी सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवार भएर कर्तव्य निर्वाह गर्नुपर्ने बताएका छन् । अध्यक्ष तिमिल्सिनाले मुलुक बहुसांस्कृतिक विविधताले भरिपूर्ण रहेको उल्लेख गर्दै संविधानले नेपाललाई धर्म निरपेक्ष राज्यको रूपमा उल्लेख गरेको बताए ।

सामाजिक, सांस्कृतिक,  चाडपर्व, मूल्य मान्यता, तथा चलन रीतिरिवाज, परम्परा, संस्कार, संस्कृति राज्यको अभिन्न अङ्गको रूपमा रहेको उनको भनाइ छ ।





  • प्रकाशित मिति : कात्तिक ७, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया