logo-img

विश्वकपमा दक्षिण अफ्रिकाको चौथो जित, डिकले खेले १७४ रनको इनिङ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

दक्षिण अफ्रिकाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ । त्यसक्रममा गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनले हरायो ।  

मुम्बईस्थित वांखडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा पाँच विकेट गुमाएर ३८२ रनको विशाल योगफल बनाएको थियो ।

दक्षिण अफ्रिकाले रीजा हेन्डरिक्स १२ र रस्सी भान डर दुसेन एक रनमै आउट भए पनि विशाल लक्ष्य दियो । उसका लागि क्विन्न डी कक र एडेन मारक्रमले बलियो साझेदारी गर्दै इनिङ्स सम्हाले । मारक्रम ६० रनमा मैदान बाहिरिए । उनले डी ककसँग तेस्रो विकेटका लागि १४१ रनको साझेदारी गरे ।

डी ककले १७४ रनको सानदार इनिङ खेले । जारी विश्वकपमा डी ककको यो तेस्रो शतक हो । यस्तै, हेनरिक क्लासेनले ४९ बलमा ९० रन र डेविड मिलर ३४ रनमा अविजित रहे । बंगलादेशका लागि हसन महमुदले सर्वाधिक दुई विकेट लिए । 

जवाफमा बंगलादेश ४६ ओभर ४ बलमा २३३ रनमा अलआउट भयो । ८१ रनमा ६ ब्याटर पभेलियन फर्किएको बंगलादेशलाई महमुदुल्लाहले शतक बनाउँदै गर्दै सम्माजनक स्कोरमा पुर्याए ।

तान्जिद हसन १२ रनमा मैदान बाहिरिँदा नाज्मुल हुसेन सान्तो गोल्डेन डक आउट भए । कप्तान शाकिव अल हसनले एक रन बनाए । मुस्फीकुर रहीम ८, लिटन दास २२ र मेहेदी हसन मिराजले ११ रन जोडे । महमुदुल्लाहले १११ बलमा १११ रन बनाए पनि विशाल लक्ष्य पूरा गर्न पर्याप्त भएन ।



दक्षिण अफ्रिकाका लागि जेराल्ड कोएट्जीले तीन, मार्को यानसेन, लिजाड विलियम्स र कागिसो राबडाले दुई/दुई विकेट लिए । यो जितपछि दक्षिण अफ्रिका तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले ५ खेलबाट ८ अंक जोडेको छ । शीर्ष स्थानमा भारत रहेको छ । उसले ५ खेलबाट १० अंक जोडेको छ । विश्वकपमा बुधबार अस्ट्रेलिया र नेदरल्याण्ड्स खेल्दै छन् ।  



  • प्रकाशित मिति : कात्तिक ८, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया