logo-img

विश्वकपमा आज श्रीलंका र इंग्ल्याण्ड भिड्दै, दुवै टिम दोस्रो जितको खोजीमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतमा जारी १३औँ संस्करणको आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड र श्रीलंका खेल्दै छन् । यी दुई टोलीबीचको खेल दिउँसो २ः१५ देखि बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा सुरु हुनेछ ।  

इंग्ल्याण्ड र श्रीलंका दुवै दोस्रो जितको खोजीमा छ । यी दुई टिमले समान चार खेल खेल्दा एकमा जित र समान तीन खेलमा हार बेहोरेका छन् । इंग्ल्याण्डले पहिलो खेलमा न्यूजिल्याण्डसँग ९ विकेटको लज्जास्पद हार बेहोरेको थियो ।

उसले दोस्रो खेलमा बंगलादेशलाई २३७ रनले हराउँदा तेस्रो खेलमा अफगानिस्तानसँग ६९ रनको अप्रत्यासित हार बेहोर्यो । चौथो खेलमा इंग्ल्याण्ड दक्षिण अफ्रिकाविरुद्ध २२९ रनले पराजित भएको थियो ।  

यस्तै, श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग १०२ रन, दोस्रो खेलमा पाकिस्तानसँग ६ विकेट, तेस्रो खेलमा अस्ट्रेलियासँग ५ विकेटले पराजित भयो । उसले चौथो खेलमा भने नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो । 

अंक तालिकामा श्रीलंका सातौँ र इंग्ल्याण्ड आठौँ स्थानमा छन् । हालसम्म श्रीलंका र इंग्ल्याण्डले ७८ एकदिवसीय खेलमा एकअर्काको सामना गरेका छन् । जसमा इंग्ल्याण्डले ३८ र श्रीलंकाले ३६ खेल जितेको छ । अहिलेसम्म यी दुई टिमले एक/एकपटक एकदिवसीय विश्वकप उपाधि जितेका छन् ।   





  • प्रकाशित मिति : कात्तिक ९, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया