logo-img

‘महाजात्रा’ नयाँ कलाकार

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन् ।

नयाँ शृङ्खला हरिवंश आचार्य जोडिएको खबर केही समय अगाडि नै सार्वजनिक भइसकेको छ भने दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्देल पनि जोडिएका छन् ।

कात्तिक १५ गतेदेखि छायांकनको तयारी गरिएकाले महाजात्राको सम्पूर्ण तयारी पूरा भएको कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले जानकारी दिए ।

उनले भने, ‘हामीले कलाकारको आवरण परीक्षण (लुक टेस्ट) गरिसकेका छौँ । शृङ्खलाप्रति बढ्दो दर्शकको विश्वासले गर्दा पनि स-सानो भूमिकामा समेत उहाँहरूको प्रिय कलाकारलाई लिएका हौँ ।’

चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । उनले निर्देशन गरेका सम्पूर्ण चलचित्र बक्सअफिसमा व्यावसायिक रूपमा सफल हुनुका साथै दर्शक तथा समीक्षकलेसमेत रुचाएका छन् ।

‘हामीले समाजकै कथालाई हासो र रोदनको मिक्षण गरेर पर्दामा ल्याउने गरेका छौँ । यसैले पनि दर्शकको प्रिय बनिरहेका छौँ । उहाँहरूको विश्वास अझैँ बढाउनु हाम्रो दायित्व हो ।’ निर्देशक भट्टराईले भने ।



म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्ने चलचित्रमा कसरी हास्यव्यङ्ग्य (कमेडी) यथार्थपरक र परिस्थितिजन्य हुन्छ भन्ने पुष्टि गरेको थियो ।

स्थापित शृङ्खला र दर्शकको विश्वासिलो समूहसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको अभिनेत्री गौमाया गुरुङले बताइन् ।



उनले भनिन्, ‘एउटा कलाकारको रूपमा उहाँहरूसँग काम गर्ने इच्छा पूरा हुँदैछ । दर्शक समक्ष नयाँ भूमिकामा प्रस्तुत हुने कुराले उत्साहित छु । यस्ता समूहसँग काम गर्न पाउँदा आफूलाई निखार्ने अवसर पाइन्छ ।’

यसमा विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेललगायत कलाकारले अभिनय गर्नेछन् । ‘जात्रा’ चलचित्रको लोकप्रियताले छायांकन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।

चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

  • प्रकाशित मिति : कात्तिक ९, २०८० बिहीबार १४:४४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया