logo-img

अध्यक्ष तिमिल्सिना र बेल्जियमकी सभामुखबीच भेटवार्ता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेल्जियमको सिनेटका सभामुख स्टेफिन डि होर्सबीच भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (आइपियु)को १४७ औं महासभाका क्रममा एङ्गोलाको राजधानी लुवाण्डामा बिहीबार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र बेल्जियमबीचको आपसी सम्बन्ध सद्भाव, विश्वास र पारस्परिक सम्मानले चिनिएको बताउँदै दुवै मुलुकले अन्तराष्ट्रिय मञ्चहरूमा साझा धारणा राख्दै आएको स्मरण गरेका छन् ।

उनले विभिन्न अन्तराष्ट्रिय मञ्चहरूमा एक अर्का देशलाई समर्थन गर्दै आएको कुरामा जोड दिदै बेल्जियमले नेपालको विकास प्रयासमा विभिन्न दातृ निकायमार्फत पुर्याएको योगदानका लागि धन्यवाद पनि दिएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ९, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया