logo-img

मुगुमा एकै परिवारका चारजनाकाे धारिलाे हतियार प्रयाेग गरी बीभत्स हत्या

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मुगुको छायानाथ रारा नगरपालिका ४ मन्दु गाउँमा एकै घरका चारजनाको शव फेला परेको छ । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा स्थानीयले आज आफ्नै घरभित्र उनीहरूको शव फेला पारेका हुन् । 

हत्या हुनेमा २६ वर्षीया श्रीदेवी बोहाेरा उनका दुई छोरा ११ वर्षीय मनोज बोहाेरा, १ वर्षीय रहर बोहाेरा र ७ वर्षीया छोरी अप्सरा बोहाेरा रहेका छन् ।

स्थानीयका अनुसार दसैँ मनाउन माइती गएकी श्रीदेवी बोहरा र उनका तीन सन्तान ८ गते नै घर फर्किएका थिए । तर, उनको घरमा ताल्चा लगाएको थियो । उनीहरू घर फर्किए पनि बाहिरबाट घरमा ताल्चा लगाएको पाइएपछि आज बिहान स्थानीय खोजी गर्दा चारजनाकै शव घरभित्रै पाइएको हो । 

उनीहरूको हत्या कात्तिक ८ गते राति नै भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उक्त घटना कसरी भयो र कसले गर्यो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय मुगुले अनुसन्धान गरिरहेको छ । 

जिल्ला प्रहरी धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या गरेको अवस्थामा शव पाइएको कार्यालय मुगुका प्रहरी प्रमुख वीरेन्द्र थापाले जानकारी गराए ।  

मृतक श्रीदेवी बोहराका श्रीमान् दीपक बोहाेरा भने हाल वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १०, २०८० शुक्रबार १५:५७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया