logo-img

पाकिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित, अंक तालिकामा भारतलाई उछिन्यो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पाँचौं जित दर्ता गरेको छ । पाँचौं जित दर्ता गर्नेक्रममा उसले गएराति सम्पन्न खेलमा पाकिस्तानलाई एक विकेटले हरायो । 

पाकिस्तानले दिएको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४७.२ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो । दक्षिण अफ्रिकालाई रोमाञ्चक जित दिलाउनेक्रममा एडेन मार्कमले ९३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९१ रन बनाए । 

यस्तै, कप्तान तेम्बा बावुमाले २८, डेविड मिलरले २९, क्विन्टन डिककले २४, रस्सीभानडर दुसेनले २१, मार्को यान्सले २०, हेनरिक क्लासेनले १२, जेराल्ड कोएत्जीले १० र केशव महाराजले अविजित ७ रन जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले तीन, हरिस रौफ, मोहम्मद वासिम र उस्मा मिरले दुई/दुई विकेट लिए । 

त्यसअघि एमए चिदम्बरम स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पाकिस्तान ४६.४ ओभरमा २७० रनमा अलआउट भयो । उसका लागि साउद शाकीलले ५२, कप्तान बाबर आजमले ५०, शादाब खानले ४३, मोहम्मद रिजवानले ३१, मोहम्मद नवाजले २४, इफ्तिखार अहमदले २१ र इमामउल हकले १२ रन बनाए । 

दक्षिण अफ्रिकाका लागि तबरिज शाम्सीले चार, मार्को यान्सनले तीन, जेराल्ड कोएत्जीले दुई र लुंगि एन्गिडीले एक विकेट लिए । यो जितपछि दक्षिण अफ्रिका भारतलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ६ खेलबाट १० अंक जोडेको छ ।

दोस्रो स्थानमा झरेको भारतको ५ खेलबाट १० अंक रहेको छ । छैटौँ स्थानमा रहेको पाकिस्तानले ६ खेलबाट ४ अंक मात्र जोड्न सकेको छ ।  





  • प्रकाशित मिति : कात्तिक ११, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया