नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले आगामी सिजनको भारतीय आई लिग खेल्ने भएकी छन् । उनले आगामी सिजनको आई लिग सेथु एफसीबाटै खेल्ने भएकी हुन् ।
गत सिजनसमेत सेथुको कप्तानी सम्हालेकी एन्जिलाले आगामी डिसेम्बरबाट सुरु हुने लिगको लागि सम्झौता गरेकी हुन् ।
‘आगामी संस्करणमा खेल्न पुनः सम्झौता नवीकरण भएको छ,’ एन्जिलाले भनिन्, ‘अघिल्लो पटक सोचेजस्तो भएन । यसपटक च्याम्पियन हुने योजना छ ।’ सेथुले पनि सामाजिक सञ्जालबाट एन्जिलाको स्वागत गरेको छ । दुईबीच भएको सम्झौता गोप्य राखिएको छ ।
एन्जिलाको आईलिगमा दोस्रो संस्करण हो । अघिल्लो सिजन टोली सेमिफाइनलमा किक स्टार्ससँग पराजित भएको थियो । एन्जिलाले ६ खेलमा ‘क्लिन सिट’ राखेकी थिइन् ।
आईलिगको पहिलो खेलमा सेथुले ८ डिसेम्बरमा गोकुलम केरलाको सामना गर्ने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।