logo-img

न्यूजिल्याण्डविरुद्ध अस्ट्रेलियाको आक्रामक सुरुवात : ११ ओभरमै बनायो १२४ रन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा न्यूजिल्याण्डविरुद्ध अस्ट्रेलियाले आक्रामक सुरुवात गरेको छ ।

धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट संघ स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले पावरप्ले (सुरुवाती १० ओभर) मा आक्रामक सुरुवात गरेको हो ।

अस्ट्रेलियाले ११ ओभरमा बिनाविकेट १२४ रन बनाएको छ । उसका लागि डेविड वार्नर ६६ र ट्रभिस हेड ५५ रनमा अविजित छन् ।  

जारी विश्वकपमा अस्ट्रेलियाले पाँच खेलमध्ये तीनमा जित र दुई खेलमा हार बेहोरेको छ । ऊ ६ अंकका साथ चौथो स्थानमा छ ।  





  • प्रकाशित मिति : कात्तिक ११, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया