logo-img

न्यूजिल्याण्डविरुद्ध हेडको आक्रामक शतक, बलियो अवस्थामा अस्ट्रेलिया

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा न्यूजिल्याण्डविरुद्ध अस्ट्रेलियाका ओपनिङ ब्याटर ट्रभिस हेडले आक्रामक शतकीय पारी खेलेका छन् ।

उनले ६७ बलमा ७ छक्का र १० चौकासहित १०९ रन बनाए । एकदिवसीयमा हेडको यो चौथो शतक हो । योसँगै हेड आफ्नो डेब्यू विश्वकप खेलमै छिटो शतक बनाउने ब्याटर बनेका छन् ।

उनले ५९ बलमै शतक पूरा गरेका थिए ।

यस्तै, अर्का ओपनर डेविड वार्नरले ६५ बलमा ६ छक्का र ५ चौकासहित ८१ रन बनाए । हेड र वार्नरबीच पहिलो विकेटका लागि ११७ बलमा १७५ रनको साझेदारी बन्यो । उनीहरू दुवैलाई अलराउन्डर ग्लेन फिलिप्सले आउट गरे ।  

धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट संघ स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले यो समाचार तयार पार्दासम्म २८ ओभरमा दुई विकेट गुमाएर २ सय १९ रन बनाएको छ ।    



जारी विश्वकपमा अस्ट्रेलियाले पाँच खेलमध्ये तीनमा जित र दुई खेलमा हार बेहोरेको छ । ऊ ६ अंकका साथ चौथो स्थानमा छ ।  
 



  • प्रकाशित मिति : कात्तिक ११, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया