logo-img

अस्ट्रेलियाले दियो न्यूजिल्याण्डलाई ३८९ रनको लक्ष्य, हेड र वार्नरको आक्रामक पारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले न्यूजिल्याण्डलाई ३८९ रनको लक्ष्य दिएको छ । धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट संघ स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३ सय ८८ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर ट्रभिस हेडले आक्रामक शतकीय पारी खेले । उनले ६७ बलमा ७ छक्का र १० चौकासहित १०९ रन बनाए । एकदिवसीयमा हेडको यो चौथो शतक हो । उनले जारी विश्वकपमा आफ्नो पहिलो खेलमै शतकीय इनिङ खेलेका हुन् ।

यस्तै, अर्का ओपनर डेविड वार्नरले ६५ बलमा ६ छक्का र ५ चौकासहित ८१ रन बनाए । हेड र वार्नरबीच पहिलो विकेटका लागि ११७ बलमा १७५ रनको साझेदारी बन्यो । उनीहरू दुवैलाई अलराउन्डर ग्लेन फिलिप्सले आउट गरे ।  

 यस्तै, ग्लेन म्याक्सवेलले ग्लेन म्याक्सवेलले ४१, जोस इंग्लिसले ३८, कप्तान प्याट कमिन्सले ३७, मिचेल मार्शले ३६, स्टिभ स्मिथ र मार्नस लाबुसेनले १८/१८ रन जोडे । न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्ट, ग्लेन फिलिप्सले तीन/तीन, मिचेल सान्टनरले दुई म्याट हेनरी र जेम्स नीशमले एक/एक विकेट लिए ।



जारी विश्वकपमा अस्ट्रेलियाले पाँच खेलमध्ये तीनमा जित र दुई खेलमा हार बेहोरेको छ । ऊ ६ अंकका साथ चौथो स्थानमा छ । तेस्रो स्थानमा रहेको न्यूजिल्याण्डले ५ खेलमा चारमा जित र एक खेलमा मात्र हार बेहोरेको छ ।   



  • प्रकाशित मिति : कात्तिक ११, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया