logo-img

विश्वकपमा न्यूजिल्याण्डविरुद्ध अस्ट्रेलियाको ५ रनको रोमाञ्चक जित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा न्यूजिल्याण्डविरुद्ध अस्ट्रेलियाले ५ रनको रोमाञ्चक जित निकालेको छ । न्यूजिल्याण्ड भने ऐतिहासिक जित निकाल्न चुक्यो ।

अस्ट्रेलियाले दिएको ३ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रन बनायो । उसका लागि युवा अलराउन्डर रचिन रवीन्द्रले शतकीय इनिङ खेले ।

८९ बलको सामना गरेका रचिनले ९ चौका र ५ छक्कासहित ११६ रन बनाए । जारी विश्वकपमा उनको यो दोस्रो शतक हो ।

यस्तै, जेम्स नीशमले ५८, डारियल मिचेलले ५४, विल योङले ३२, डेभन कन्वेले २८, कप्तान टम लाथमले २१, मिचेल सान्टनरले १७ र ग्लेन फिलिप्सले १२ रन जोडे । अस्ट्रेलियाका लागि एडम जाम्पाले तीन, प्याट कमिन्स, जोस हेजलउडले दुई/दुई र ग्लेन म्याक्सवेलले एक विकेट लिए ।  

त्यसअघि धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट संघ स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३ सय ८८ रन बनायो ।



उसका लागि ओपनिङ ब्याटर ट्रभिस हेडले आक्रामक शतकीय पारी खेले । उनले ६७ बलमा ७ छक्का र १० चौकासहित १०९ रन बनाए । एकदिवसीयमा हेडको यो चौथो शतक हो । उनले जारी विश्वकपमा आफ्नो पहिलो खेलमै शतकीय इनिङ खेलेका हुन् ।



यस्तै, अर्का ओपनर डेविड वार्नरले ६५ बलमा ६ छक्का र ५ चौकासहित ८१ रन बनाए । हेड र वार्नरबीच पहिलो विकेटका लागि ११७ बलमा १७५ रनको साझेदारी बन्यो । उनीहरू दुवैलाई अलराउन्डर ग्लेन फिलिप्सले आउट गरे ।  

 यस्तै, ग्लेन म्याक्सवेलले ग्लेन म्याक्सवेलले ४१, जोस इंग्लिसले ३८, कप्तान प्याट कमिन्सले ३७, मिचेल मार्शले ३६, स्टिभ स्मिथ र मार्नस लाबुसेनले १८/१८ रन जोडे । न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्ट, ग्लेन फिलिप्सले तीन/तीन, मिचेल सान्टनरले दुई र जेम्स नीशमले एक विकेट लिए ।   

आजको जितपछि पनि अस्ट्रेलिया चौथो स्थानमै छ । उसले ६ खेलबाट ८ अंक जोडेको छ । अस्ट्रेलियाले ६ खेलमध्ये चारमा जित र दुई खेलमा हार बेहोरेको छ । तेस्रो स्थानमै कायम रहेको न्यूजिल्याण्डले ६ खेलमा चारमा जित र दुई खेलमा हार बेहोरेको छ ।  

  • प्रकाशित मिति : कात्तिक ११, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया