logo-img

बडादसैँको अवसरमा कलाकारको चियापान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बडादसैँको अवसर पारेर कलाकारबीच शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ । वरिष्ठ कलाकार मदन दास श्रेष्ठको आह्वानमा आज काठमाडौंमा कलाकारहरुको  शुभकामना आदान तथा चियापानको कार्यक्रम आयोजना गरिएको हो ।
 
वरिष्ठ कलाकार श्रेष्ठले, एक–अर्काबीच सद्भाव बढोस् र भाइचारा विकास होस भन्ने मान्यताका साथ चियापान आयोजना गरिएको बताए । उनले भने, ‘आजको दिनमा यो कार्यक्रम किन राखिएको भन्दा दसैँ मनाएर सबैजना काठमाडौं फर्किने र यसपछि लगातार अन्य पर्वहरु पनि आउने हुनाले सबैजनालाई भेला गरेर एकआपसमा शुभकामना वितरण गरौँ भन्ने हिसाबले यो कार्यक्रम राखेका छौँ । यस्तो कार्यक्रम सबैले आफ्नो स्थानमा गर्दा एकआपसमा भाइचारा सद्भाव बढ्ने र एकताको वातावरणको सिर्जना हुन्छ ।’

काठमाडौं वडा नं. ३१ को वडा अध्यक्ष सरोज ढकालले चियापान कार्यक्रमले सम्बन्धलाई पुर्नताजगी गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यो आजको कार्यक्रम एकदम उत्साहजनक र सामाजिक कार्यक्रम हो । यो कार्यक्रमले सबैजनाबीच सम्बन्ध विकास गर्ने काम भएको छ ।’





  • प्रकाशित मिति : कात्तिक ११, २०८० शनिबार २१:२४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया