logo-img

विश्वकपमा आज भारत र इंग्ल्याण्ड भिड्दै, कस्तो छ हेड टु हेड ?

१३ औँ संस्करणको आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज उपाधि दाबेदार भारत र डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड भिड्दै छन् । यी दुई टिमबीचको प्रतिस्पर्धा दिउँसो २ः१५ देखि लखनउमा सुरु हुनेछ । 

भारत इंग्ल्याण्डविरुद्ध मैदान उत्रँदा लगातार छैटौँ जितको खोजीमा हुनेछ । इंग्ल्याण्ड भने जारी विश्वकपमा संघर्ष गरिरहेको छ । अंक तालिकाको पुछारमा रहेको इंग्ल्याण्डले पाँच खेल खेल्दा चारमा हार र एक खेलमा मात्र जित निकालेको छ ।

ऊ आज घरेलु टिम भारतविरुद्ध उत्कृष्ट कमब्याक गर्दै विश्वकपमा आफूलाई जीवितै राख्न चाहन्छ । भारत भने इंग्ल्याण्डलाई पनि हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा छ । ऊ अहिले १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । 

हालसम्म भारत र इंग्ल्याण्डले १०६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा एकअर्काको सामना गरेका छन् । जसमा भारतले ५७ र इंग्ल्याण्डले ४४ खेल जितेको विगत छ । 

एकदिवसीय विश्वकपमा भने भारतविरुद्ध इंग्ल्याण्ड हाबी छ । विश्वकपमा कुल ८ खेल खेल्दा इंग्ल्याण्डले भारतलाई ४ खेलमा हराएको छ । 
 





  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया