logo-img

भारतविरुद्ध इंग्ल्याण्ड फिल्डिङमा, यस्तो छ दुवैको प्लेइङ-११

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतविरुद्ध इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको छ ।  यी दुई टिमबीचको प्रतिस्पर्धा दिउँसो २ः१५ देखि लखनउमा सुरु हुँदैछ । 

आजको खेलमा दुवै टिमले अघिल्लो प्लेइङ–११ लाई नै निरन्तरता दिएको छ । भारत इंग्ल्याण्डविरुद्ध मैदान उत्रँदा लगातार छैटौँ जितको खोजीमा हुनेछ । इंग्ल्याण्ड भने जारी विश्वकपमा संघर्ष गरिरहेको छ ।

अंक तालिकाको पुछारमा रहेको इंग्ल्याण्डले पाँच खेल खेल्दा चारमा हार र एक खेलमा मात्र जित निकालेको छ । ऊ आज घरेलु टिम भारतविरुद्ध उत्कृष्ट कमब्याक गर्दै विश्वकपमा आफूलाई जीवितै राख्न चाहन्छ ।

भारत भने इंग्ल्याण्डलाई पनि हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा छ । ऊ अहिले १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । 

हालसम्म भारत र इंग्ल्याण्डले १०६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा एकअर्काको सामना गरेका छन् । जसमा भारतले ५७ र इंग्ल्याण्डले ४४ खेल जितेको विगत छ ।

एकदिवसीय विश्वकपमा भने भारतविरुद्ध इंग्ल्याण्ड हाबी छ । विश्वकपमा कुल ८ खेल खेल्दा इंग्ल्याण्डले भारतलाई ४ खेलमा हराएको छ । 



भारतको प्लेइङ–११ : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सूर्यकुमार यादव, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शामी, जसप्रित बुमराह र मोहम्मद सिराज । 

इंग्ल्याण्डको  प्लेइङ–११ : जोनि बेयरस्टो, डेविड मलान, जो रूट, बेन स्टोक्स, जोस बटलर (कप्तानरविकेटकिपर), लियाम लिभिङस्टोन, मोइन अली,  क्रिस वोक्स, डेविड विली, आदिल राशिद र मार्क वुड । 



  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया