logo-img

भारतले इंग्ल्यान्डलाई दियो २ सय ३० रनको लक्ष्य

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इंग्ल्यान्डलाई जितका लागि २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ। अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम लखनउमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २९ रनको स्कोर तयार गरेको हो।

भारतका लागि रोहित शर्माले सर्वाधिक ८७ रन बनाएँदा सुर्यकुमार यादवले ४९ रन बनाएका थिए। त्यस्तै केएल राहुलले ३९ रन बनाए। थप दोहोरो स्कोरका रुपमा जसप्रित बुमराहको १६ रन रह्यो। इंग्ल्यान्डका लागि डेभिड विलीले ३ विकेट लिंदा क्रिश वक्स, अदिल र अदिल रसिदले समान २–२ विकेट लिए। त्यस्तै मार्क वुडका नाममा १ विकेट रह्यो।

विश्वकपमा इतिहासमा भारत इंगल्यान्डसँग विगत २० वर्षयता जितविहीन रहेकाले आज जितको प्रयासमा रहेको छ। भारतले पछिल्लो पटक २००३ मा इंगल्यान्डलाई हराएको थियो। त्यसपछि यी दुईबीच दुई खेल भएको थियो। २०११ को खेल बराबरी भयो भने २०१९ मा भारतीय टोली पराजित भयो।





  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया