ब्राजिलमा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । पश्चिमी ब्राजिलको एकर राज्यको राजधानीमा रहेको रियो ब्रान्को एयरपोर्टनजिकै विमान दुर्घटना भएको हो ।
अधिकारीहरूका अनुसार ब्राजिलको अमेजन क्षेत्रमा आइतबार सानो विमान दुर्घटनामा परेर त्यसमा सवार १२ जनाको मृत्यु भएको हो ।
स्थानीय फर्म एआरटी ट्याक्सी एरियोद्वारा सञ्चालित विमान टेकअफको लगत्तै दुर्घटनाग्रस्त भएको हो । विमानमा सवार एक शिशुसहित सबैको मृत्यु एकर राज्य सरकारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
विमान अमेजनस राज्यको एन्भिराका लागि उडेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।