logo-img

विश्वकप छनोटमा बहराइनविरुद्ध यूएईको सहज जित
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

यूएईले आइसिसी टी–२० विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा बहराइनलाई ५ विकेटले हराउँदै यूएईले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।    

बहराइनले दिएको १ सय ३६ रनको लक्ष्य यूएईले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि अलि नासिरले २६ बलमा चार चौका र तीन छक्काको मद्दतले खविजित ४८ रनको योगदान गरे । यस्तै, अलिशान सराफुले २७, आसिफ खानले २३ र कप्तान मोहम्मद वासिमले १२ रन बनाए ।

बहराइनका लागि रिजवान बटले दुई तथा साथैया वीरपाथिरान, अब्दुल माजिद र सचिन कुमारले एक/एक विकेट लिए । त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनायो ।

उसका लागि हैदर बटले ४३ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५९ रनमा अविजित रहे । यस्तै, सोहिल अहमदले २८ र जुनैद अजिजले २५ रन बनाए । यूएईका लागि जुनैद सिद्धिकी र आयन अफ्जल खानले दुई/दुई तथा अली नासिर र कार्तिक मैयप्पनले एक/एक विकेट लिए ।

यूएईले अब मंगलबार कुवेत तथा बहराइनले हङकङको सामना गर्ने तालिका छ । यस्तै, आज भएको समूह ‘ए’ को खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हरायो ।  
 






  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया