logo-img

फिल्म फेस्टिभलमा ‘हल्कारा’ छनोट

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व गर्ने चलचित्र ‘हल्कारा’ अमेरिकामा ‘एसियन वर्ल्ड फिल्म फेस्टिभल’को नवौँ संस्करणमा छनोट भएको छ । 

कात्तिक २२ देखि मङ्सिर १७ गतेसम्म अमेरिकाको लस–एन्जलसस्थित कल्भर सिटीमा आयोजना हुने महोत्सव अन्तर्गत प्रतिस्पर्धात्मक खण्डमा छनोट भएको निर्देशक विक्रम सापकोटाले जानकारी दिए । 

'हाम्रो चलचित्र अवार्डमा छनोट भएको जानकारी दिन पाउँदा उत्साहित छौँ । दुई प्रदर्शनी तय गरिएको छ । हाम्रो मौलिक कथालाई अन्तर्राष्ट्रिय महोत्सवमा प्राप्त प्रतिक्रियाले उत्साहित छौँ,' निर्देशक सापकोटाले भने । 

चलचित्रमा हल्कारा (हुलाकी) मार्फत वैदेशिक रोजगारीको सामाजिक आयामको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा महेश त्रिपाठी, विनिता थापामगर, दीपक क्षेत्री लगायतको अभिनय छ । 





  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार २२:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया