logo-img

विश्वकपमा बंगलादेशविरुद्ध जित्नैपर्ने दबाबमा पाकिस्तान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बंगलादेश र पाकिस्तान खेल्दै छन् । यी दुई टोलीबीचको खेल दिउँसो २ः१५ देखि कोलकातास्थित इडेन गार्डेन रंगशाला सुरु हुनेछ । 

जारी प्रतियोगितामा पाकिस्तानले ६ खेल खेल्दा २ खेलमा मात्र जित निकालेको छ । ६ खेल नै खेलेको बंगलादेशले एक खेल मात्र जित्न सकेको छ । यी दुवै टोली आज जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छन् ।

सेमिफाइनलमा सम्भावना जीवितै राख्न पाकिस्तानका लागि आजको खेल निकै महत्वपूर्ण छ । पाकिस्तान अहिले ४ अंकका साथ तालिकाको सातौँ स्थानमा छ । 

यस्तै, २ अंक मात्र जोडेको बंगलादेश नवौँ स्थानमा छ । पछिल्लो पाँच एकदिवसीय खेलमा बंगलादेशले तीन र पाकिस्तानले दुई खेलमा जित हासिल गरेको छ ।  





  • प्रकाशित मिति : कात्तिक १४, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया