logo-img

हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइमा पहल गर्न विश्वप्रकाश शर्माद्वारा सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुशल नेपाल फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले कतार सरकार मार्फत उनको उद्धार सम्भावना भएको भन्दै यसको प्रक्रियामा गम्भीर पहल गर्न प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका हुन् । 

बैठकमा उनले भने, ‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा भएको पुष्टि भएको छ । कतार सरकारमार्फत कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औँल्याइएको छ । यो प्रक्रियामा गम्भीर पहल गर्न प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

उनले काँकडभिट्टा नाकामा आवागमन अवरोध भएको कारण स्थानीय व्यापारीहरू घाटामा परेको भन्दै भारत सरकारसँग कुरा गरेर काँकडभिट्टा नाका सुचारु गर्ने व्यवस्था मिलाउन सरकालाई आग्रह पनि गरेका छन् ।  

उनले भने, ‘भारत, बंगलादेश र भुटान तीन देशसँग निकटमा रहेको सीमा नाका काँकडभिट्टा हो । कोभिडको समयमा बन्दा भएको वीरगन्ज, नेपालगन्जलगायतका नाका खुला भइसकेका छन् तर भारतीय अध्यागमनले पर्यटनलाई भित्राउने काम खुल्ला नगरेको कारण काँकडभिट्टा नाकामा भने आवागमनमा अवरोध जारी छ । यसले त्यहाँको सम्पूर्ण व्यवसायलाई असर पारेको छ, सरकारले भारत सरकारसँग कुरा गरेर काँकडभिट्टा नाका सुचारु गर्ने व्यवस्था मिलाउनु सरकालाई आग्रह गर्न चाहन्छु ।’ 





  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया