logo-img

सर्वोच्चको निर्णय स्वागतयोग्य, अब कानुनी छिद्र टालौँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागत गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले सो निर्णय स्वागतयोग्य रहेको बताएका हुन् । 

‘मुद्दाको अन्तिम किनारा, पीडितको हकलगायतका विषयमा अदालतले फेरि बोलेको छ, यस्तो अवस्था आएको पहिलोपटक होइन,’ उनले भनेका छन्,‘कानुनको छिद्र प्रयोग गरेर पटकपटक यस खालका घटनाहरू दोहोरिने गरेका छन्। आम माफीका घटना आउँदा त्यसको विरोध गर्ने, घटना सेलाउँदै गए पछि बिर्सिने प्रवृत्तिलाई अब फेरि दोहोरिन दिनुहुँदैन।’ 

यस सम्बन्धमा जे–जसरी आम माफी दिने गरिएको छ त्यसले यो प्रणालीमै प्रश्न उठ्ने उनले बताए । मुद्दाको अन्तिम किनारा गर्नुमा न्यायपालिकाको भूमिका र पीडितको न्यायको विषयको आधारमा यो प्रणालीमै पुनर्विचार गर्नुपर्ने उनले औँल्याएका छन् । 

‘अब हामी अलमलिने वा यो विषयलाई नजरअन्दाज गर्ने भन्ने नै हुँदैन,’ उनले भनेका छन्, ‘आममाफीसँग सम्बन्धित सम्पूर्ण कानुनलाई एकीकृत गरेर व्याख्या गरौँ र कानुनी छिद्रहरू टालौँ।’





  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया