logo-img

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना भन्छन्- संसदलाई फलदायी बनाउन सरकार गम्भीर देखिएन

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका कारण संसदको बर्से अधिवेशन उपलब्धमूलक नभएको बताएका छन् । उनले सरकारले अघिल्लो अधिवेशनमा पेस गरिएको अतिआवश्यक विधेयक समेत बर्से अधिवेशनमा नल्याउँदा संसदको यो अधिवेशन फलदायी हुन नसकेको बताएका हुन् ।

शुक्रबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीहरूले आफैंले प्रस्तुत गरेको विधेयकसमेत अपवादबाहेक चासोसमेत नलिएको गुनासोसमेत गरे । संक्रमणकालीन न्याससँग सम्बन्धित विधेयक, संघीय निजामती सेवा जस्ता अति आवश्यक विधेयक समेत सरकारले संसदमा नल्याएको उनले स्मरण गराए । 

तिमिल्सिनाले राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिले सरकारलाई विधेयकहरू ल्याउनका लागि ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको बताए । सरकारले विधेयकहरू ल्याउन नसकेका कारण संसद प्रभावकारी हुन नसकेको उनको दाबी छ । अध्यक्ष तिमिल्सिनाले सरकारले विजनेश नदिए पछि आफूले पटकपटक राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगित गर्नु परेको बताए । 

अध्यक्ष तिमिल्सिनाले सरकारले गैर सरकारी विधेयकलाई संसदमा प्रोत्साहित गर्न नचाहेको पनि बताए । गैर–सरकार विधेयक सरकारकै अंग बन्ने भए पनि त्यसलाई संसदबाट पास गराउन अनिच्छुक देखिएको बताए । 





  • प्रकाशित मिति : कात्तिक १७, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया