logo-img

भूकम्पपीडित राहत कोषमा एक महिनाको तलब जम्मा गर्ने राष्ट्रिय सभा अध्यक्षको घोषणा

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भूकम्पपीडित राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् ।

सरकारले बनाएको भूकम्पका पीडित राहत तथा उद्धारका लागि कोषमा अध्यक्ष तिमिल्सिनाले एक महिनाको तलब जम्मा गर्ने उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सिनाले प्राकृतिक विपत्तिको यो क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेको उद्धार र पीडितका लागि राहत, उद्धार र पुनर्स्थापनामा जुट्न आग्रह गरेका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया