logo-img

वर्षे अधिवेशनमा सांसदले ६ महिना गुजारे, कामले १५ दिनको मात्रै तलब दिए पुग्ने अवस्था देखियो : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसदको वर्षे अधिवेशनमा सांसदहरूलाई १५ दिनको मात्रै तलब दिँदा पुग्ने अवस्था देखिएको बताएका छन् । दिन गुजारेको हिसाबले करिब ६ महिनाको तलब लिए पनि कामको परिणामको हिसाबले १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको बताएका हुन् । 

महामन्त्री शर्माले संसदलाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रूपमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे । उनले संसदको वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छीपना र प्रमुख प्रतिपक्ष एमालेको आवेगपनले पनि काम गरेको बताए । 

उनले उपलब्धिका दृष्टिले संसदको वर्षे अधिवेशन कमजोर देखिए पनि अनुभव भने प्रशस्त भएको र त्यसले संसदको आगामी अधिवेशनहरूलाई चाहिँ अझ प्रखर, प्रभावकारी, परिणाममुखी र उपलब्धिमूलक बनाउनुपर्ने आत्मा बोध भएको पनि पटक पटक दोहोर्‍याए । 

महामन्त्री शर्माले भने, ‘ससंद एउटा अनुभवको हिसाबले महत्त्वपूर्ण हुँदाहुँदै पनि उपलब्धिको हिसाबले धेरै महत्त्वपूर्ण भयो भन्ने मलाई लाग्दैन । यद्यपि अव मैले भन्न त्यति नमिल्ला । तर मान्छेले जति काम गर्छ । कामको परिणाम अनुसार यदि पारिश्रमिक दिने हो भने दिन गुजारेको हिसाबले २, ४, ६ महिनाको तबल प्राप्त गर्नु एउटा कुरा हो । लिनु एउटा कुरा हो । तर, त्यो समयमा बीचमा तिमीले परिणाम देशका सामुन्ने के पस्कियौँ भन्ने कोणबाट चाहिँ छुट्टयाएर तलब दिनुपर्‍यो भने केवल १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको छ ।’

महामन्त्री शर्माले नयाँ भनिएका दलहरूको गतिविधिले पनि संसदीय परिपाटीलाई बलियो बनाउने अवस्था नदेखिएको बताए ।  





  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया