logo-img

चिनियाँ नेता वाङ आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् । औपचारिक भ्रमणमा बुधबार नेपाल आउन लागेका वाङको उच्चस्तरीय राजनीतिक भेटघाट कार्यक्रम रहेको छ । 

नेपाल मामिला हेर्ने निकायका अन्य पदाधिकारीसमेत साथै लिएर आउन लागेका वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल गर्नेछन् ।

वाङले आज उपराष्ट्रपति रामसहाय यादवलाई भेट्नेछन् । बिहीबार उनले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सामान्य प्रशासनमन्त्री अनिता देवीसँग भेट गर्ने कार्यक्रम रहेको छ । २५ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्नेछन् । 

चीन भ्रमणको क्रममा १० असोजमा वाङसँग प्रधानमन्त्री प्रचण्डको टोलीको भेटवार्ता भएको थियो ।   
 





  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया