logo-img

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरू मिलेर मात्रै पुग्दैन : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरू मिलेर मात्रै नपुग्ने बताएका छन् । अध्यक्ष तिमिल्सिनाले पीडित पक्ष र अधिकारकर्मीलाई सहमत गराएर मात्रै राजनीतिक दलहरूले छिटो सो विधेयकलाई टुंगोमा पुर्‍याउनुपर्ने बताएका हुन् । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो विधेयकलाई निरन्तर छलफल गरेर टुंगोमा पुर्‍याउने काममा दलहरू आफैं जिम्मेवार नदेखिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले सो विधेयक बनाउँदा गम्भीर अपराधमा संलग्नलाई आममाफी दिन नहुने पनि स्पष्ट पारे ।  

अध्यक्ष तिमिल्सिनाले दलहरूकै कारण संविधानमा व्यवस्था गरिएको मौलिक हकसँग सम्बन्धित कानुनसमेत हालसम्म निर्माण हुन नसकेको पनि पटकपटक दोहोर्याए ।   





  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया