logo-img

पोखरामा चिनियाँ जहाजबाट ल्याइएको राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण

जाजरकोट भूकम्प पीडितहरूका लागि चीन सरकारले उपलब्ध गराएको राहत सामग्री लिएर दुई वटा जहाज बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् ।  

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जाजरकोट भूकम्पपीडितका लागि चीनबाट ल्याइएको आपत्कालीन सहयोग हस्तान्तरण गरिएको छ । 

चिनियाँ जहाज १ लाख ७९ हजार किलो राहत सामग्री लिएर पोखरा विमानस्थल अवतरण गरेका हुन् । विमानमा ६ सय थान टेन्ट र ४६ सय थान ब्ल्यांकेटसहितका सामग्री आएको बताइएको छ । उक्त राहत सामग्री नेपाली सेनाले भूकम्प प्रभावित  क्षेत्रमा पुर्‍याउने छ ।  





  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया