logo-img

अन्तरजातीय विवाह गरेको जोडी सम्मानित

मुगुको छाँयानाथ रारा नगरपालिका–१० चराप गाउँका अन्तरजातीय विवाह गरेका जोडीलाई नगरपालिकाले एक लाख रुपैयाँ दिएर सम्मान गरेको छ । 

छाँयानाथ रारा नगरपालिकाले रञ्जिता बुढा र देबी कृष्णा कामीलाई अन्तरजातीय विवाह गरेकामा प्रोत्साहन दिन पुरस्कृत गरेको जानकारी दिएको हो ।

सोरु गाँउपालिका–४ लिब्रकी २४ बर्षीय रञ्जिता बुढा र छाँयानाथ रारा नगरपालिका–१० का २५ बर्षीय देबी कृष्णा कामीले गत माघ १३ गते प्रेम विवाह गरेका थिए । 

छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद अन्त्य गर्ने नीति अनुसार सममान गरेको नगर प्रमुख विष्णु कुमार भामले बताए। 
 





  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार १८:१२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया