logo-img

तिहारलगत्तै १० वटा जहाज खरिद प्रक्रिया अघि बढाउँछौँ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले तिहार लगत्तै साना र मध्यम खालका १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गर्ने बताएका छन् । उनले न्यारोबडी, कंक्रुडमा उडान गर्न सक्ने मध्यम जहाज र केही साना गरी १० वटा जहाज खरिदका लागि टेन्डरको तयारी भइरहेको बताएका हुन् । 

आज काठमाडौंमा आयोजित एक होटलको उद्घाटन कार्यक्रममा उनले पर्यटनको विकासका लागि पनि जहाज आवश्यक भएको बताए । उनले इजरायलबाट नेपालीको उद्धार गर्न प्रयोग भएको जहाजको उपयोगिताको चर्चा गर्दै नेपालका दुर्गम क्षेत्रमा सुत्केरी उद्धार गर्नेदेखि विपद्को समयमा गरेको कामले जहाजको उपयोगिता पुष्टि भैसकेको बताए । 

त्यसैले पर्यटन प्रवर्द्धनका लागि पनि जहाज थप्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘अहिले उडिरहेको २ वटा जहाजमा १ थपेर ३ बनाउने, थप ३ वटा खरिद गरेपछि ६ हुन्छ । दुर्गम क्षेत्रमा २२ वटा एयरपोर्ट खाली छ  । त्यहाँ ६ वटा जहाज भयो भने मज्जाले उडाउन सक्छौ । तिहार पछाडि १० वटा जहाज खरिदका लागि टेन्डर गर्ने हाम्रो तयारी छ । त्यो १० वटामा केही ठूला, न्यारोबडी स्टायलको, केही कंक्रुटमा उड्ने जो इण्डियासम्म पनि उडान भर्न सकोस् र केही साना तिहार लगत्तै किन्ने तयारीमा छौँ ।’ 





  • प्रकाशित मिति : कात्तिक २३, २०८० बिहीबार ११:५९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया