logo-img

राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना र चिनियाँ प्रतिनिधिबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङले शिष्टाचार भेट गरेका छन् ।
 
आज सिंहदरबारस्थित अध्यक्षको कार्यकक्ष संघीय संसद सचिवालयमा उक्त भेट भएको हो । 

तिमल्सिनाले सचिव वाङ जुनझेङ प्रधानमन्त्रीको चीन भ्रमणमा भएको समझदारी र सम्झौताहरुलाई कार्यान्वयन गर्ने वातावरण बनाउनका निम्ति नेपाल आएको बताए ।

यस्तै, उनले भेटमा दुई पक्षीय सम्बन्ध, आर्थिक विकास, नाकाहरु सञ्चालन गर्ने, नेपालको व्यापारलाई अभिवृद्धि गर्नेलगायत समग्र दुई देशको हित र आर्थिक विकासको बारेमा छलफल भएको बताए ।

‘प्रधानमन्त्रीको चीन भ्रमणमा भएको समझदारी, सम्झौताहरुलाई कार्यान्वयन गर्ने कुरामा अगाडि बढ्नका लागि त्यसको वातावरण बनाउन कुरा भएको छ,' भेटपछि उनले भने, 'दुई पक्षीयसम्बन्ध, आर्थिक विकास, नाकाहरु सञ्चालन गर्ने, नेपालको व्यापार अभिवृद्धि गर्ने कुरा छ ।' 

'व्यापार घाटा कम गर्न घाँस निकासी गरेका छौँ, फलफूल निकासी गर्ने, नेपालमा लगानीको वातावरण बनाउने र चिनियाँ उद्यमीहरुले नेपालमा लगानी गर्ने ऊर्जा, उद्योग, पर्यटनको क्षेत्रमा, दुई देशबीच हवाई सेवा नियमित गर्नेलगायत दुई देशको हित र आर्थिक विकासबारे केन्द्रित भएर भेटवार्ता गरेका छौँ,' उनले भने।
 





  • प्रकाशित मिति : कात्तिक २३, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया