logo-img

चिकित्सा क्षेत्रमा जस्तो सन्तुष्टि राजनीतिमा पाउन सकिएन : शशांक

नेपाली कांग्रेसका नेता सांसद डाक्टर शशांक कोइरालाले राजनीतिप्रति निराशा व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा लेखक जयबहादुर श्रेष्ठद्वारा लिखित पुस्तक ‘जय श्लोकमाला’ लोकार्पण कार्यक्रममा उनले आफूले चिकित्सा क्षेत्रमा जस्तो सन्तुष्टि राजनीतिमा नपाएको बताएका हुन् ।

उनले भने,‘सेवा गर्नु नै सबैभन्दा ठूलो कुरा हो । मैले मेडिकलमा एक लाखजति अपरेसन गरेँ । जुन सन्तुष्टि मलाई हुन्छ, करोडौँ पैसा दिए पनि त्यो सन्तुष्टि मिल्दैन । आजकल म राजनीति गर्दै छु । मेडिकल साइन्स हातमा हुन्छ राजनीति त कहिले पनि तपाईंको हातमा हुँदैन । एउटा कुरा सोच्यो अर्कोतिर लाग्छ ।’

लेखक श्रेष्ठद्वारा लिखित पुस्तक ‘जय श्लोकमाला’ उनको जीवनीमा आधारित गीतिश्लोक संग्रह हो । लेखक तथा पत्रकार विनोद दाहालले सम्पादन गरेको यो गीतिश्लोक झ्याउरे लयमा रचिएको छ ।





  • प्रकाशित मिति : कात्तिक २५, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया