logo-img

गाउँघरमा उत्पादित फूल बेचेर राम्रो आम्दानी

परिश्रम र लगन भए आफ्नै गाउँघरमा गरे के हुँदैन भन्ने भनाइ मुगु​की​ विष्णुमाया कार्कीले पुष्टि गरेकी छन् । ६ वर्षदेखि फूल र तरकारी खेती गर्दै आएकी कार्कीवाडा गाउँकी कार्की अनुकरणीय बनेकी छन् ।

मुगुको छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडा गाउँकी कार्कीले मौसमी र बेमौसमी फूल र तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेकी छन् ।

कार्की पछिल्लो समय स्थानीय सरकारले बजारमा पाइने प्लाष्टिकका फूलमाला प्रयोगमा रोग लगाएपछि तिहार नजिकिँदै गर्दा आफ्नै बारीमा उत्पादन गरिएका सयपत्री, मखमली, गोदाबरी फूलका माला बिक्री गरिरहेकी छन् ।

ग्राहक उनको बारीमै किन्न आइपुग्छन् । दैनिक १५ हजार रुपैयाँसम्म आम्दानी हुने बताउने कार्की तिहारको अन्तिम दिनसम्म दुई लाखसम्म कमाइ हुने विश्वासमा छिन् ।



यता, गमगढी बजारमा प्लाष्टिकका कृत्रिम झिलिमिली फूलमाला बिक्रीमा राखे पनि धेरै मूल्य पर्ने गरेको छ । स्थानीय कृषकले खेत बारीमा उत्पादन गरेका सयपत्री, मखमली जस्ता फूलमाला राम्रो र सस्तो भएको पर्ने भएको साथै वातावरणलाई असर नगर्ने भएकाले राम्रो बिक्री भइरहेको सोरु गाउँपालिका–८ कच्र्चे गाउँका दानसिंह कार्कीले बताए ।

पछिल्लो समयमा प्लाष्टिकका कृत्रिम दोसल्ला, खादा, फूलमाला प्रयोग बढे पनि अचेल त्यस्तो सामग्रीलाई रोक्न स्थानीय उत्पादनले सहयोग गरेको छ । विवाह, व्रतबन्ध, पार्टीजस्ता कार्यक्रममा पनि स्थानीय उत्पादन प्रयोग हुन थालेको छ ।



छायाँ नेपाल नामक संस्थाको सहयोगमा मुगगमकामारोङ गाउँपालिका–९ छाइलमा सहकारीको माध्यमबाट फूल खेती भइरहेको छ । उत्पादन राम्रो भइरहेकाले आम्दानी पनि उल्लेख्य हुने गरेको मुगमकामारोङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए ।

छायाँनाथ रारा नगरपालिकाले केहीअघि नगरपालिका क्षेत्रमा खादा, ब्याज र प्लाष्टिकका फूलमाला दसैँ, तिहार र अन्य समयमा बिक्री वितरण नगर्न सार्वजनिक सूचना जारी गरेको थियो ।


 

  • प्रकाशित मिति : कात्तिक २६, २०८० आइतबार १८:३७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया